FLASH NEWS
  • Loading...

चिनी आयातको बन्देज हटाउन अर्थ मन्त्रालयलाई लेखा समितिको निर्देशन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०६ पटक पढिएको
चिनी आयातको बन्देज हटाउन अर्थ मन्त्रालयलाई लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनी आयातमा लगाइएको बन्देज हटाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले चिनीको आयातमा प्रतिबन्ध गरी कार्टेलिङ गरेर मूल्यवृद्धि गर्न सरकारले सहयोग गरेको भन्दै अनुसन्धानका लागि अख्तियारलाईसमेत निर्देशन दिएको छ।

बिहीबार सिंहदरबार बसेको उपसमितिको बैठकले उपसमितिले यस्तो निर्देशन गर्नुपर्ने सहितको अध्ययन प्रतिवेदन पेस गरेको हो।

लेखराज भट्टको सभापतित्वमा असोज १८ गते ५ सदस्यीय उपसमिति गठन भएको थियो। भदौ २१ गते चिनी उद्योगीसँग छलफलपछि सरकारले चिनीमा परिणात्मक बन्देजको प्रकिया अघि बढाएको थियो।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित