FLASH NEWS
  • Loading...

निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने ज्ञवालीको प्रतिवद्धता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११० पटक पढिएको
निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने ज्ञवालीको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन।

त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरुको पनि व्यवस्था गरेको छ। मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भईरहेको जानकारी पनि दिए।

पुनर्निर्माणको कामलाई तीव्रता दिन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। उनले वरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारे। प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार पनि गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित