FLASH NEWS
  • Loading...

मालपोत कार्यालयमा ‘सरलीकृत फारम’को व्यवस्था

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२० पटक पढिएको
मालपोत कार्यालयमा ‘सरलीकृत फारम’को व्यवस्था

काठमाडौं । सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ। भूमिसम्बन्धि सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।

ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सो सेवाको पनि शुभारम्भ गर्नु परेको बताइन ।

३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

मन्त्रालयले एक वर्ष भित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित