FLASH NEWS
  • Loading...

निर्मला हत्या प्रकरण : थप दुईजना प्रहरी परे निलम्बनमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
निर्मला हत्या प्रकरण : थप दुईजना प्रहरी परे निलम्बनमा

काठमाडौं । कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले निर्मलाको सुरवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धानगर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको हो ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताए ।

चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरवाल खोलेर पखालेको बताइएको छ । सुरवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ ।

निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित