FLASH NEWS
  • Loading...

थाइल्याण्ड विरुद्ध १४० रनको फराकिलो जित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११० पटक पढिएको
थाइल्याण्ड विरुद्ध १४० रनको फराकिलो जित

काठमाडौं । करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी २० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ ।वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो ।

लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो । सन्दीप लाछिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । करण केसीले ३ विकेट लिए ।

१.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वा्धिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् ।

त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे । यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए ।

यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए । करण म्यान अफ दि म्याच बने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित