FLASH NEWS
  • Loading...

दशैँको लागि नयाँ नोट सटही सुविधा आजबाट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
दशैँको लागि नयाँ नोट सटही सुविधा आजबाट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आइतबार बाट उपलब्ध गराउँदैछ । शनिबार भदौ २१ देखि २९ गतेसम्म दशैका लागि नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्नेछ । नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुमा पनि नोट सटहीको सुविधा छ ।
यसृगरि कृषि विकास बैंकको शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क। स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।
राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएका े छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित