FLASH NEWS
  • Loading...

किष्ट बैंकका तत्कालीन प्रमुख ज्ञवाली पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११५ पटक पढिएको
किष्ट बैंकका तत्कालीन प्रमुख ज्ञवाली पक्राउ

काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन ।जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असोज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित