FLASH NEWS
  • Loading...

रुसी राष्ट्रपति पुटिन नयाँदिल्लीमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२४ पटक पढिएको
रुसी राष्ट्रपति पुटिन नयाँदिल्लीमा

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको क्रममा नयाँदिल्ली आइपुगेका छन् । बिहीबार साँझ राष्ट्रपति पुटिन नयाँ दिल्ली अवतरण गरेका हुन् । राष्ट्रपति पुटिनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन् ।

राष्ट्रपति पुटिनको भ्रमणका क्रममा रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुने जनाइएको छ । दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको हो ।उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो । योपछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित