- Loading...
फुत्केला है कुर्ची ःमुख्यमन्त्री बन्न नेताहरूको दौडधुप, नेतृत्वलाई संकट
- गोल्डेन खबर
- ६ साल अघि
- २३४ पटक पढिएको
काठमाडौं ।मुलुक संघीय संरचनामा गइसकेको छ । अवको केहि समय भित्रै नेपालको पहिलो संघीय सरकार वन्दैछ । संघीय सरकारका मुख्यमन्त्री वन्नका लागि आकाँक्षी नेताहरु मरिहत्ते गरेर लागि परेकाछन् । कुर्ची कै लागि आफ्नै दलका नेताहरुको हानाथापका कारण ती दलका नेतृत्व संकटमा परेको छ ।
संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रावधान भएकाले मुख्यमन्त्रीका आकांक्षी नेताहरू यतिवेला चर्कै दौडमा लागेका छन् ।
निर्वाचन परिणाम अनुसार सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् ।
को को हुन् त मुख्यमन्त्रीका आकांक्षी
प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन ।
प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् ।
प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।
प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् ।
प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् ।
प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्र बहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।
प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् ।