FLASH NEWS
  • Loading...

अाज दिनभर पानी पर्ने , भाेली देखि अाकाश खुला हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान देखि लगातार पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ । त्यसपछि तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद विभुति पोखरेलले बताएकी छन्।

उनले भनिन्, ‘अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पार्ने सिस्टम प्रवेश गरेको हो । यो आज दिनभर देशभरी सक्रिय हुन्छ ।’

मौसमविद पोखरेलका अनुसार काठमाडौंमा गत डिसेम्बरपछि पहिलोपटक बुधबार पानी परेको हो । त्यतिबेला शून्य दशमलव १ मिलिमिटर पानी परेको थियो । आज परेको पानीको मापन भने विभागले गरिसकेको छैन । तर काठमाडौंमा बाक्लो पानी पर्ने सम्भावना भने छैन ।

काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । अछाममा असिनासमेत परेको छ भने डोटी, दिपायल, दाङलगायतका स्थानमा पानी परेको छ ।

पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ । पानी परेकाले काठमाडौंको धुवाँधुलो कम हुने र भोलिदेखि आकास खुल्ला रहने मौसमविदको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित