FLASH NEWS
  • Loading...

श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १८३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ। श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा आज विहिवार राजधानीमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल श्रमिक आपूर्तिकर्ता संघको स्थापना दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा सहभागीले वक्ताले श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै त्यसलाई सच्याउनुपर्नै सुझाव दिएकाछन् ।

सो अवसरमा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै अब यसको कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको छ भन्दै सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले पुँजी र श्रमको उपयुक्त व्यवस्थापन आजको आवश्यकता रहेको बताउँदै “आपूर्तिकर्ता संघ स्थापना हुनु राम्रो हो, तर कर्मचारीलाई स्थायी गर्नुपर्छ भनेर कम्पनीकै सदस्यहरुले छुट्टै आपूर्तिकर्ता संस्था दर्ता गरी त्यसमार्फत कामदारलाई रोजगारी दिने कार्य गरेमा त्यो निन्दनीय हुने वताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले श्रम ऐनको भावना अनुरुप श्रम नियमावली नआएको धारणा व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक रिचार्ड हवार्डले लामो प्रयासपछि श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको चर्चा गर्दै यो उद्योगी र श्रमिक दुवैको पक्षमा रहेको वताएका छन् ।

संघका अध्यक्ष रामेश्वर साहले श्रम बजारलाई अझ सुव्यवस्थित गर्ने उद्देश्यका साथ संघको स्थापना भएको बताए ।
–––

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित