- Loading...
विभिन्न देशका ९० उत्पादन प्रदर्शन गरिने चेम्बर एक्स्पो आजदेखि !
- गोल्डेन खबर
- ७ साल अघि
- १०८ पटक पढिएको
काठमाडौँ, १४ मसिर । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा देशको आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आजदेखि शुरु हुदैछ ।
मंसिर १८ गतेसम्म आयोजना हुने एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।
मेलामा कुल २५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिनेछन् । पार्टनर कन्ट्री दक्षिण कोरियाका २३ तथा फोकस कन्ट्री थाइल्याण्डको १५ वटा स्टल रहने आयोजकले बताएको छ ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आजदेखि शुरु हुने मेलाको उद्देश्य व्यापार गर्नेभन्दा पनि कोरिया, जापान तथा थाइल्याण्डको उत्पादन तथा सामग्री उपभोक्तालाई चिनाउने रहेको बताए ।
एक्सपोमा अटोमोबाइल, विद्युतीय सामग्री, फर्निसिङ, होम एप्लायन्स, फेसन वयेर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु आगन्तुकको आकर्षणको केन्द्र बन्ने आयोजकको आशा छ ।
नेपालस्थित दक्षिण कोरियाली दूतावासका काउन्सिलर तथा डिसिएम योल काङले दक्षिण कोरियाले नेपालको आर्थिक विकासमा सहयोग गर्दै आएको र पछिल्ला दिन दुई मुलुकबीचको व्यापार विस्तार हुँदै गएको बताए ।