- Loading...
निर्वाचनको समयमा सबै गतिविधि शान्तिपूर्ण बनाउने प्रतिबद्धता
- गोल्डेन खबर
- ७ साल अघि
- १०४ पटक पढिएको
भद्रपुर, १४ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ ।
झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उहाँहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु¥याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेता बिर्तामोडबाट पक्राउ परेका थिए । छलफलमा मोर्चाका नेताले आफूहरु निर्वाचन विरोधी नभएको, निर्वाचन बिथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
झापाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले जनभावनाको कदर गर्न र संविधानले दिएको अधिकार उपयोग गरी शान्तिपूर्ण ढंगबाट आफ्ना गतिविधि बढाउन उहाँहरुलाई सुझाव पनि दिए ।