FLASH NEWS
  • Loading...

मंसिरमा बिहेका ६ वटामात्रै विवाहका साइत, मंसिरभरि दिवसै दिवस

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १५६ पटक पढिएको
मंसिरमा बिहेका ६ वटामात्रै विवाहका साइत, मंसिरभरि दिवसै दिवस

काठमाडौं,१मंसिर। आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । तर यसवर्षको मंसिरमा ६ वटामात्रै विवाहका साइत छन् । मंसिरको ६ गते पहिलो विवाह साइत जुरेको छ । ७ गते पनि विवाहको साइत परेको छ । त्यसपछि मंसिर १२, १७ र १८ गते विवाहका लगन छन् ।

मंसिर १८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २५ गतेसम्म कुर्नुपर्ने हुन्छ । २५ गते मंसिरको अन्तिम साइत हो । यदि मंसिर २५ गते पनि विवाह गर्न भ्याइएन भने माघसम्म कुर्नु पर्ने छ । किनभने पुसमा एउटा पनि विवाहको लगन छैन ।

माघ महिनामा पनि जम्माजम्मी एक दिन मात्रै विवाहको साइत छ । माघ २४ गते मात्रै लगन छ । लगन जुराएर माघमा विवाह गर्न नभ्याउनेहरुले फागुनको ६ गते विवाहको जोहो गर्नुपर्ने छ । फागनुमा भने ८ वटा साइत छन् ।

फागुनमा ११, १२, १९,२०, २२, २८ र २९ गते विवाहका साइत जुर्ने पञ्चाङ्गमा उल्लेख छ । मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरुका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने पुरोहितहरु बताउँछन् ।

मंसिरभरि दिवसैदिवस

यो महिना सबैभन्दा धेरै दिवस परेका छन् । मंसिर ३ गते आइतवार विश्व शौचालय दिवस परेको छ भने ४ गते विश्व बालअधिकार दिवस र ५ गते टेलिभिजन दिवस परेको छ ।

सरकार र माओवादीवीच शान्ति सम्झौता भएको दिन पनि मंसिर ५ गते नै हो ।

त्यस्तै मंसिर ९ गते शनिबार महिला हिंसा अन्त्य दिवस परेको छ ।

१३ गते राष्ट्रिय क्षयरोग दिवस परेको छ भने १५ गते विश्व एड्स दिवस अनि १६ गते अन्तराष्ट्रिय दासता उन्मूलन दिवस परेको छ । १७ गते उधौली पर्व÷यमरि पुन्हि र अन्तराष्ट्रिय अपाङ्ग दिवस परेको छ ।

त्यसैगरी मंसिर १९ गते अन्तराष्ट्रिय स्वयंसेवक दिवस परेको छ भने त्यसको दुई दिनपछि अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस परेको छ । २३ गते शनिवार भ्रष्टाचार बिरुद्धको दिवस परेको छ । दिवसहरुका साथै मंसिर १० र २१ गते आम निर्वाचनसमेत परेका छन् ।

एजेन्सीको सहयोगमा……………….

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित