FLASH NEWS
  • Loading...

राष्ट्रिय जनमोर्चा अहिले पनि संघियताको विरोधमा ! आखिर किन ?

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११२ पटक पढिएको
राष्ट्रिय जनमोर्चा अहिले पनि संघियताको विरोधमा ! आखिर किन ?

कपिलवस्तु, २७ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी अहिले पनि संघीयताको बिरोधमा रहेको बताएका छन् । राजमो जिल्ला कार्यसमिति कपिलवस्तुले सोमबार चनौटामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भोटका लागि मात्र आफ्नो नीतिलाई तिलाञ्जलि दिन नसक्ने बताए ।

अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संस्थागत विकास र समृद्ध नेपाल निर्माणका लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल पनि गरेका छन् । सो पार्टीका नेता सुरेश थापाले राष्ट्रियताको प्रवद्र्धन र मुलुकको आर्थिक विकासका लागि आफ्नो पार्टीलाई मतदान गर्न सबैमा आग्रह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित