FLASH NEWS
  • Loading...

गणेशमान सिंहको १०३ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२० पटक पढिएको
गणेशमान सिंहको १०३ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ,२४ कात्तिक । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको १०३ औं जन्मजयन्ती, नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउन लागेका हुन ।

सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा विक्रम संवत १९७२ कात्तिक २४ गते काठमाडौंकामा जन्मिएका सिंह २०४६ सालको जनआन्दोलनको कमान्डर थिए । उनले राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कू’, सबै सुख–दुःखमा विपी कोइरालालाई साथ दिनुभएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित