- Loading...
सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका अनेकपा माओवादी केन्द्रका नेता ढुंगेल पक्राउ
- गोल्डेन खबर
- ७ साल अघि
- १०६ पटक पढिएको
काठमाडौं १४ कात्तिक । अनेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत : पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाईमा लगिएको स्रोतले बताएको छ ।
सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वोच्च अदालतले नै पटक पटक ताकेता गरेको थियो । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो ।
सर्वोच्च अदालतले ढुंगेललाई जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई २०६६ पुस १९ गते सदर गरेको थियो । माओवादी नेतासमेत रहेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेपछि गत बैशाखमा सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई पक्राउ गर्न निर्देशन दिएको थियो । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो ।
सर्वोच्चको आदेशपछि १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गर्नका लागि पहल जारी रहेको बताउँदै आएको थियो ।
ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै कार्तिक ७ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल प्रहरीका महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानीको रिट दायर गरेका थिए।
पक्राउ आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै आईजिपी अर्याललाई हदैसम्मको कारवाही माग गर्दै रिट परेको थियो । त्यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्चले एक हप्ताभित्र ढुंगेललाई पक्राउ गर्न बाध्यात्मक आदेश जारी गरेको हो।
घटनाको पृष्ठभूमि यस्तो छ ।
२०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । उज्जनका भाइ गणेशकुमारले प्रहरीमा जाहेरी दिए । जाहेरी दिएको आरोपमा भाइ गणेशकुमारको समेत माओवादी कार्यकर्ताहरूले २०६९ असोज ८ गते हत्या गरेका थिए । त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गर्यो ।
त्यसपछि केही समय बालकृष्ण जेल परेका थिए । २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याई निर्दोष ठहर्यायो । त्यही फैसलाका आधारमा जेलबाट निस्केपछि उनी फरार थिए । पछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेललाई दोषी ठहर्याउने जिल्ला अदालतको निर्णय सदर गर्यो ।