FLASH NEWS
- Loading...
यु–१९ एसिया कप फुटबल छनौट : नेपाल आज किर्गिस्तानसँग खेल्दै
- गोल्डेन खबर
- ७ साल अघि
- १३५ पटक पढिएको
काठमाडौं, कात्तिक १४ – उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे देखि किर्गिस्तानमा सुरु भएको छ ।
यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।
अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस