FLASH NEWS
  • Loading...

खाद्यपदार्थमा मिसावट, साइड इफेक्ट भने निकै खतरनाक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२५ पटक पढिएको
खाद्यपदार्थमा मिसावट, साइड इफेक्ट भने निकै खतरनाक

काठमाडौ,१३ कात्तिक । मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

बजारमा झट्ट हेर्दा आकर्षक डिजाइनका मनै लोभ्याउने रंग अनि मनमोहक प्याकेटका मिठाईहरू देखिन्छन् । पूजाआजा, व्रत, विवाह आदि धार्मिक तथा पवित्र कार्यमा चोखो परिकारका रूपमा मिठाई प्रयोग गरिन्छ । व्रत बसेका बेला व्रतालुले पवित्रताका लागि मिठाई खान्छन् । चोखो तथा शुद्ध मानिएको मिठाईमा पनि हानिकारक मिसावट गरिएको पाइन्छ ।

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

केही समयअघि विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग तथा भारतको मिभ्टा ल्याबको प्राविधिक सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनमा हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको थियो । हेर्दा आकर्षक र काँचै पनि खान रहर लाग्ने गरी राखिएका तरकारी तथा फलफूल हेर्दा लोभलाग्दा भएपनि त्यस्ता खानेकुरालेशरीरमा दीर्घकालीन असर पार्छन् ।

खानपानमा मिसावट हुने कुरा सामान्य भैसकेको छ । खानेकुरामा मिसाइएका कतिपय कुराप्रति हामी बेवास्ता गरिरहेका हुन्छौं । यसको साइड इफेक्ट भने निकै खतरनाक हुनसक्छ । यस्ता मिसावट घरमै पनि जाँच गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित