FLASH NEWS
- Loading...
रातो हाब्रे संरक्षणमा कठिनाइ
- गोल्डेन खबर
- ७ साल अघि
- १३२ पटक पढिएको
प्रतिक्रिया दिनुहोस
आकर्षक र लजालु
हेर्दा अत्यन्तै आकर्षक र लजालु स्वभावको रातो हाब्रे विश्वकै दुर्लभ वन्यजन्तु हो । स्थानीय भाषामा यसलाई हाब्रे भन्ने गरिन्छ । प्रकृति संरक्षण क्षेत्रमा कार्यरत आइयुसिएनको रातो पुस्तिकाको अति संकटापन्न सूचीमा रातो हाब्रे सूचीकृत छ । यस्तै नेपाल सरकारले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । मालिङ्गो या निगालोको टुसालाई मुख्य आहाराका रुपमा प्रयोग गर्ने रातो हाब्रे अन्य वन्यजन्तुको तुलनामा निकै सोझो मानिन्छ । हलुका रातो, सेतो र कालो रङमा देखिने रातो हाब्रे रुखको टोड्कामा बस्न रुचाउँछ । रातो हाब्रेको माघ, फागुन र असारदेखि भदौ महिनासम्म बच्चा जन्माउने समय हो । संरक्षणकर्मीका अनुसार कम प्रजनन भएको तर उच्च मृत्युदरमा रातो हाब्रे पनि पर्छ । यसअघि समुदायलाई तालीम, गोष्ठीमा सहभागी गराएर विभिन्न क्षेत्रमा भ्रमणमा लगेर र आयआर्जनका कार्यक्रम गरेर संरक्षणमा जोड दिँदै आएका संस्थाले यस वर्ष भने तीन जिल्लाका एक एक विद्यालयमा स्थानीय पाठ्यपुस्तक तयार गरी पठनपाठन नै गराएका छन् । पाठ्यक्रम तयार गरी क्रमशः सबै विद्यालयमा विस्तार गर्दै लैजाने योजनाका साथ गत जेठदेखि तीन विद्यालयमा पठनपाठन शुरु गरिएको संरक्षण मञ्चका संयोजक राईले जानकारी दिनुभयो । यस्तै स्कुलमा शिक्षक तथा विद्यार्थी सहभागी ‘रुट एण्ड सुट’ क्लब गठन गरेर पनि विभिन्न गतिविधि सञ्चालन गरिएको छ । यस्तै ताप्लेजुङमा १३ हजारको हाराहारीमा लौठसल्लाका बिरुवा उत्पादन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । यस्तै रातो हाब्रे संरक्षणकै लागि ताप्लेजुङका ५२ कुकुरलाई बन्ध्याकरणसमेत गरिएको छ । गोठमा पालिने र छाडा रुपमा हिँड्ने कुकुरले रातो हाब्रेलाई आक्रमण गर्न सक्ने भएकाले कुकुर नियन्त्रणका लागि फुङ्लिङ नगरपालिका–१० र ११ का कुकुरलाई बन्ध्याकरण गरिएको हो ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।