FLASH NEWS
- Loading...
अदुवाको बजारीकरण
- गोल्डेन खबर
- ७ साल अघि
- ११७ पटक पढिएको
प्रतिक्रिया दिनुहोस
इलाम- भदौ । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ ।
जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमार्फत रु ३१ लाख सहयोग प्राप्त भएको र त्यसले अदुवाको उत्पादन र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई अदुवाको उचित मूल्य दिलाउने बताउनुभयो । यो परियोजना जिल्लाका चार नगरपालिका र छवटा गाउँपालिकामा यही महिनादेखि एक वर्षसम्म सञ्चालन गरिने छ ।
संघले परियोजनामार्फत अदुवामा देखिएका समस्या समाधानका लागि बहस पैरवीसमेत चलाउने अध्यक्ष भट्टराईले बताउनुभयो । जसअन्तर्गत सहकारीका सदस्यहरूलाई विभिन्न किसिमका तालीम दिइने संघले जनाएको छ । बिब्ल्याँटेका अदुवा व्यवसायी गोविन्द पौडेलले भारतले अदुवामा कर लिइरहेको र गुणस्तर नबढाई निकासी भइरहेकाले समस्या सिर्जना भइरहेको बताउनुभयो । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य अभिवृद्धि नहुँदा कच्चीरूपमै भारत निकासी भइरहेको छ । भारतमा क्वारेन्टाइन समस्या र गुणस्तरको अभावमा निकासीमा समस्या भएकाले किसानले अदुवाको उचित मूल्य पाउन सकेका छैनन् । अदुवाबाट सुठो, क्याण्डी, जुस, मसला, मिठाइ, वाइनजस्ता वस्तु उत्पादन गर्न सकिने भए पनि त्यस प्रकारका उद्योग खुल्न नसकेका कारण पनि किसानले अदुवाको उचित मूल्य पाउन नसकेका हुन् । माउ अदुवा बिक्री गर्ने मौसममा पनि मूल्य नपाएपछि किसान मारमा परेको फाकफोकथुम गाउँपालिकाका वडा नं ३ का मदन पाण्डे बताउनुहुन्छ ।
माउ अदुवाको मौसममा पनि प्रतिमन रु चार सयमा पनि मुस्किलले मात्रै बिक्री हुने गरेको पाण्डेको भनाइ छ ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।