FLASH NEWS
  • Loading...

अट्ठाइस करोड बीस लाख अनुदान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
अट्ठाइस करोड बीस लाख अनुदान

काठमाडौँ-साउन । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु २८ करोड २० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

सहयोग उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभयो । साथै, उहाँहरुले आ–आफ्नो देशको सरकारका तर्फबाट उक्त समझदारी पत्र आदान प्रदान गर्नुभयो । उक्त सहयोगअन्तर्गत प्राप्त हुने अनुदानसम्बन्धी समझदारी पत्रमा भने अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयमा महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाइकाका प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा राजदूत ओगावाले शैक्षिक विकासबाटै राष्ट्रनिर्माणको आधारशिला तयार हुने बताउँदै नेपालको गरिबी निवारण तथा विकासका प्रयासमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव सुवेदीले जापान सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित