FLASH NEWS
  • Loading...

माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति घटाएर सयमा झारिदैँ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

काठमाडौं–माओवादी (केन्द्र)को केन्द्रीय सचिवालयको विस्तारित बैठकमा नेतृत्वको संख्या घटाउने सहमती भएको छ ।
नेतृत्वको संख्या घटाएर १ सय आसपासमा ल्याउने निष्कर्ष निकालेको छ ।
विस्तारित बैठकमा जिल्ला इन्चार्जहरुले ‘नेतृत्व भद्दा भएको’ भन्दै संख्या घटाउन सुझाव दिएपछि पार्टीले सो निष्कर्ष निकालेको हो । बैठकले पोलिटव्यूरो र केन्दीय सदस्य घटाउन लागेको हो । केन्द्रमा अहिले ४ सय ९९ जना पोलिटव्युरो सदस्य र ३ हजार ९ सय ९९ जना केन्द्रीय सदस्य छन् ।
पूर्वमन्त्री तथा नेता वर्षामान पुनले केन्द्रीय सदस्यहरुको संख्या घटाउन लागिएको जानकारी दिए । ‘संख्या घट्छ, तर कति भन्ने निर्णय भइसकेको छैन’, उनले भने, ‘अहिलेका केन्द्रीय सदस्यहरु वास्तवमा महाधिवेशन आयोजक सदस्य हुन् । पछि त यो संख्या यसै पनि घट्छ, तर अहिले नै घटाउने सुझाव आएको छ । केन्द्रीय सदस्य संख्या सयको आसपास झर्न सक्छ ।’

नेता पुनले हाल भएको चुनावमा पार्टी असफल भएको निष्कर्ष निकाल्दै बैठकमा आगामी चुनाव उल्लेखनीय रुपमा जित्ने रणनीति बनाइने पनि जानकारी दिए । ‘हामी युद्धमा मात्र होमियौँ, तर संगठनको हिसाबले स्थानीय तहको तल्लो तप्कासम्म पुग्न सकेनौँ’, उनले भने, ‘त्यसकारण स्थानीय तहको चुनावमा सोचेजस्तो नतिजा आउन सकेन । स्थानीय चुनावमा यो हाम्रो पहिलो अभ्यास हो । कांग्रेस–एमाले अनुभव थिए । अनुभव नहुँदा पहिलो अभ्यासमा हामी अरु दल भन्दा पछि पर्यौँ ।’
उनले तेस्रो चरणममा प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनमा ३० देखि ४० तह जित्ने दावी गरे । प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका एक सय २७ तहमा असोज २ गते चुनाव हुँदैछ ।

माओवादीको केन्द्रीय सचिवालयको सोमवारदेखि सुरु विस्तारित बैठक जारी छ । बैठक शनिवार ११ बजे पुन बस्ने छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पार्टीको आगामी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी गराइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित