FLASH NEWS
  • Loading...

‘एकै चरणमा प्रदेश र केन्द्रको चुनाव असम्भव’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११४ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– केन्द्र र प्रदेशको चुनाव एकै चरणका गर्न नसकिने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त डा.यादवले कानुनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारे ।
एकै चरणमा निर्वाचन गर्न नसकिने हुनाले बरु दुई निर्वाचनबीच थोरै ग्याप राखेर चुनाव गर्न सकिने बताएका छन् । प्रमुख आयुक्त डा.यादवले संविधानमा उल्लेख भएअनुसार नै आफूहरुले निर्वाचन गर्ने बताए । उनले भने, ‘संविधानमा जे उल्लेख भएको छ, हामी त्यहीअनुसार चल्छौँ, राष्ट्रिय सभामा महिलाहरुको प्रतिनिधित्वको कुरा पनि छ, त्यसैले पहिले प्रदेश सभाको हुनुपर्छ, त्यसपछि मात्रै राष्ट्रिय सभाको हुन्छ, अनि मात्रै केन्द्रीय संसदको चुनाव हुन्छ ।’
उनले प्रान्तीय र आमनिर्वाचन एकै चरणमा कुनै पनि हालतमा गर्न नसकिने स्प्ष्ट पारेका छन् । उनले भने, ‘त्यसैले तीनवटा निर्वाचन जनताको प्रत्यक्ष मतबाट हुन्छ, राष्ट्रियसभाको इलेक्ट्रोल कलेजबाट हुन्छ, यी निर्वाचनका लागि समय छोटो हुदै गएको छ ।’
उनले संविधानले नै महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेकाले चुनाव एकै चरणमा हुन नसक्ने बताएका छन् । त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा मतदान केन्द्र, मतपत्र र चार वटा बक्समा मतदान गर्नुपर्ने झन्झट भएकाले एकै चरणमा निर्वाचन गर्न नसकिने अर्को कारण देखाए ।
प्रमुख डा.यादवले यही आउने ७ माघभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले बाँकी निर्वाचनका लागि आयोगले हिजो मात्रै सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए । उनले भने, ‘असारभित्र हामीले कानुन माग गरेका छौँ, १६५ प्रतिनिधि सभाका लागि प्रत्येक सभाका लागि निर्वाचन क्षेत्र निर्धारण १५ साउनभित्र प्राप्त गर्नु पर्नेछ ।’ त्यस्तै उनले मतपत्र डिजाइन गरेर छाप्नुपर्ने भएकाले राजनीतिक दलदर्ता पनि चाँडै गर्नुपर्ने कुरा महत्वपूर्ण भएको स्पष्ट पारे ।
त्यस्तै उनले मतदाता नामावलीसम्बन्धी ऐनमा समेत परिमार्जनको आवश्यक रहेको बताएका छन् । डा.यादवले थपे, ‘मतदाता नामावली अद्यावधि गर्नु पर्नेछ ।’ छोटो समयमा ज्यादै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकाले निर्वाचनसम्बन्धी आधारभूत कानुन, निर्वाचन क्षेत्र निर्धारण र मिति समयमै चाहिएको समेत उनले बताए । डा.यादवले असोजको तेस्रो साता प्रदेशको चुनाव, १५ कात्तिकभित्र राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने मिति अघि सारेका छन् । यो वर्ष चुनावै चुनाव परेकाले दसैँ, तिहार, छठलाई निर्वाचन पर्वको रुपमा मनाउनसमेत आग्रह गरे ।
उनले प्रान्तीय र राष्ट्रिय सभाको निर्वाचनमा इलोक्टानिक भोटिङ मेसिन प्रयोग गर्नेबारे पनि आयोग सकारात्मक रहेको बताउँदै यसका लागि सर्टिफाइड मेसिन र मेसिनप्रोकुरमेन्टको सम्भावनाका बारेमा पनि पर्याप्त छलफल गर्नुपर्ने भएकाले आयोगले यसबारेमा विशेष छलफल गरेर निर्णय गर्ने बताएका छन् ।
प्रमुख डा.यादवले हालै सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको समेत जानकारी दिएका छन् । उनले भने, ‘यो निर्वाचन अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको छ, यसलाई हामीले मोडेल इलेक्सनको रुपमालिएका छौं, अन्य निर्वाचन यो भन्दा पनि अरु धेरै राम्रो हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’ दोस्रो चरणको निर्वाचनमा आममतदाताहरुले छाता ओढेर भए पनि मतदान गरेको उल्लेख गर्दै भने, ‘निर्वाचन अत्यन्तै सफल रुपमा सम्पन्न भएको छ ।’
यादवले अहिलेसम्म ३० प्रतिशत मतगणना सम्पन्नभएको समेत जानकारी दिए । उनकाअनुसार आयोगले हालै मात्रैपनिनिर्वाचनअधिकृतलाई विशेष निर्देशिका पठाईसकेको समेत बताए । यादवले अहिले मतगणना छिटो भैरहेको विश्वास दिलाए । ‘कतै ढिलाई भैरहेको छ भनेपनिआयोगले विशेष ध्यानदिएको छ, उनले थपे,‘तर समग्रमामतगणना छिटो र छरितो रुपमा भैरहेको छ।’उनले आजको तीनचार दिनभित्रै सबै मतपरिणाम सार्वजनिकहुने समेत विश्वास दिलाए ।
त्यस्तै असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको लागप्रदेश नम्बर २ का १२७ वटै तहमानिर्वाचनसम्बन्धीकार्यक्रमहरु पठाईसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरुको टर्नवाउट हामीले गरिरहेका छौं, अहिले ७३.५ प्रतिशत छ।’ यादवले २ नम्बर प्रदेशकोलागिआयोगले मतदाताशिक्षाकार्यक्रम समेत पूनः पठाउने जानकारी दिए । त्यस्तै उनले प्रदेश नम्बर २ मापनि बैशाख १४ गते नै निर्वाचन सामाग्री पठाएकोले ती सामाग्रीहरुको पछिल्लो अवस्था कस्तो छ भनेर आयोगले पूनः परिक्षण समेत गरिने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित