FLASH NEWS
  • Loading...

७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– निर्वाचन आयोगले बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मतदान भएको जनाएको छ ।
बुधबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको जानकारी गाए । उनले यो आँकडा बढ्न सक्ने सम्भावना पनि जनाए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुधबार निर्वाचन भएका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । प्रदेश नम्बर १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल ८ हजार ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रमख आयुक्त डा.यादवले जनाएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिका–६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।  

सो मतदान केन्द्रमा वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगित भएको हो । सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिका–६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।
पत्रकार सम्मेलनमा प्रमुख डा.यादवले मतदाताले लोकतान्त्रिक अभ्यासमा जनाएको भन्दै मतदाताको व्यापक सहभागिताप्रति आभार प्रकट गरेका छन् । निर्वाचन विरोधीले केही ठाउँमा राखेका बमलाई निक्रिय बनाउन र मतदान कार्यमा बाधा पु¥याउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताका कारण मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएको भन्दै आयोगले सुरक्षाकर्मी एवं अन्य सरोकारवालालाई धन्यवाद दिएको छ ।
मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि राजनीतिक दलहरुसँग समन्वयमा मतगणना कार्य बुधबारदेखि अगाडि बढाइने आयोगले जनाएको छ ।
मतदान कार्यलाई सफल बनाउन कठिन परिश्रमका साथ अहोरात्र खटिएका निर्वाचन आयोगका कर्मचारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आयोगले धन्यवाद दिएको छ ।
मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा.यादवले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको बताएका छन् । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय पशासनलाई निर्देशन दिइएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित