- Loading...
बलिउडमा रजतवर्ष मनाउँदै साहरुख
- गोल्डेन खबर
- ७ साल अघि
- १२२ पटक पढिएको
मुम्बई– साहरुख खानको बलिउड यात्रा रजत वर्षमा प्रवेश गरेको छ । सन् १९९२ जुन २५ को दिन बलिउडले एक नायक पाएका साहरुख खानले बलिउडमा प्रवेश गरेको २५ वर्ष भएको छ ।
सन् १९९२ जुन २५ का दिन साहरुख अभिनित पहिलो चलचित्र ‘दिवाना’ रिलिज भएको थियो । यसपछि, साहरुखले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन ।
चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’मा काम गरेपछि साहरुखलाई बलिउडमा ‘रोमान्सका राजा’को नामले बोलाउन थालिएको हो । साहरुखले सुरुवातमा ‘बाजिगर, डर’ जस्ता चलचित्रमा काम गरे, जसमा उनी खलपात्रको भूमिकामा देखिए ।
२५ वर्ष लामो करिअरको दौरानमा साहरुखले ७० भन्दा बढी चलचित्रमा काम गरेका छन् । ‘कुछ कुछ होता हे, कभी खुशी कभी गम, माइ नेम इज खान, ओम शान्ती ओम, मे हु ना, चेन्नई एक्सप्रेस, रा वन, ह्याप्पी न्यू इयर, जब तक हे जान’ जस्ता सफल चलचित्रमा अभिनय गरेका साहरुखको यो बर्षको अगष्टमा ‘जम ह्यारी मेट सेजल’ नामक चलचित्र रिलिज हुदै छ ।
बलिउडमा २५ बर्ष बिताइरहँदा साहरुख विश्वकै दोस्रो धनी कलाकार पनि हुन् । १५ सय बोकेर मुम्बई आएका साहरुखसँग आज ७ सय ५० मिलियन डलर सम्पत्ति छ । बलिउडमा प्रवेश गर्ने हरेक नायकको तुलना साहरुखसँग भए पनि उनले ‘बलिउडका बादशाह’को उप(नाम अरुलाई छिन्न दिएका छैनन् ।
बलिउडमा २५ बर्ष लामो यात्रा गरिसकेका साहरुखलाई उनका ङ्खयान र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । एजेन्सी