FLASH NEWS
  • Loading...

कीर्तिमानी आरोही पण्डितको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
कीर्तिमानी आरोही पण्डितको मृत्यु

काठमाडौँ- असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।

प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी होमप्रसाद लम्सालले राससलाई जानकारी गराउनुभयो ।

कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो ।

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गरिसक्नुुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित