FLASH NEWS
  • Loading...

रुपन्देहीका तीन स्थानीय तहमा राजपाका उम्मेदवारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


भैरहवा—राष्ट्रिय जनता पार्टी नेपालका नेता—कार्यकर्ताले रुपन्देहीका तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । राजपा नेपालले चुनाव बहिस्कार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा उनीहले उम्मेदवारी दर्ता गराएका हुन् ।
राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।
यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकामा राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ । प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको छ ।
सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।
त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी वा कसको समर्थक भएको विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै सम्पुर्ण पदमा स्वतन्त्र उमेदवारी दर्ता भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित