FLASH NEWS
  • Loading...

गोर्खाल्याण्ड आन्दोलनः मा दुई प्रदर्शनकारीको हत्या

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail

 

काठमाडौं– भारतको दार्जिलिङमा चलिरहेको आन्दोलनमा सुरक्षाकर्मीले अन्धाधुन्दा गोर्खाल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यममा जनाइएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको भारतका विभिन्न अनलाइन संस्करणहरुले जनाएका छन् ।
घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइए पनि पश्चिम बंगाल सरकारले त्यसको पुष्टि गरेको छैन । सुरक्षा अधिकारीहरुले उनको मृत्यु भएको बताएका थिए । तर, पश्चिम बंगालका मुख्यमन्त्री ममत बनर्जीले उनी जिवितै रहेको तर, उनको अवस्था गम्भीर रहेको एक सञ्चारमाध्यामलाई जनाएका छन् ।
यद्यपि दार्जिलिङ पोस्टले भने मृतकको संख्या ५ पुगेको दाबी गरेको छ भने प्रदर्शनका क्रममा दर्जनौं घाइते भएका छन् । दार्जिलिङ अहिले पनि तनावग्रस्त छ ।
यता पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीले भने कोलकत्तामा दार्जिलिङका जातीय बार्ढका प्रतिनिधिसँगको छलफलमा गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् । मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको उनको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित