- Loading...
प्रधानमन्त्रीको निर्वाचनः देउवालाई दुई तिहाई पुर्याउन १० सांसदको आवश्यकता
- गोल्डेन खबर
- ७ साल अघि
- ८१ पटक पढिएको
काठमाडौं—प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्ेर ३८८ पुगेको छ । देउवालाई अहिलेको गठबन्धनबाहेकका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरमले आइतबार समर्थन गर्ने निर्णय गरेपछि उनको पक्षमा ३८८ सांसद भएका हुन् । आइतबार ३७ सांसद रहेको राप्रपा ,१५ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम र २५ जना सांसद रहेको राजपा नेपालले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
यी तीन दलको समर्थनसँगै देउवाको समर्थन दुई तिहाई नजिक पुगेको छ । हाल संसदमा रहेको सांसद संख्या ५९७ मा दुई तिहाइका लागि ३९८ सांसद आवाश्यक पर्छ । देउवाले यो विचमा १० जना अरु सांसदको समर्थन जुटाउन सके उनी दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न सक्नेछन् । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको पुरानो गठबन्धनमा ३११ जना सांसद रहेका थिए । देउवालाई सरकार गठन गर्न चाहिने बहुमत सांसद संख्या २९७ आवाश्यक रहेपनि प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा समर्थन गर्ने दलको संख्यासँगै सांसद संख्या पनि बढ्दै गएको हो ।
देउवाको विपक्षमा को को ?
देउवाको विपक्षामा नेकपा एमालेसहित १९८ सांसद छन् । जसमा एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १ बौद्धिक जनपरिषद नेपाल १ र मधेस समता पार्टी १ रहेका छन् ।