- Loading...
भरतपुर घटनामा छानबिन टोलीद्धारा आयोगलाई प्रतिवेदन
- गोल्डेन खबर
- ७ साल अघि
- ९० पटक पढिएको
चितवन—भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
टोलीले सोमबार भरतपुर पुगेर काम थालेको थियो । मंगलबार दिउ“सो काम सकेर फर्किएको टोलीले बुधबार आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।
भरतपुरमा आइतबार मतगणना भईरहेको अवस्थामा दलका प्रतिनिधीहरुले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिए पछि निर्वाचन अधिकृतले मतगणना स्थलमा ताला लगाएर राखेका थिए । त्यो दिन देखि भरतपुरको मतगणना स्थगित भएको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।
नेकपा एमालेले सोही मतगणनालाई निरन्तरता दिनुपर्ने अडान लिदै आएको छ भने, नेपाली कांग्रेस र नेकपा माओवादी(केन्द्र) पुन मतदानको कुरा उठाईरहेका छन् । निर्वाचन आयोगले भने यो विषयलाई छिटो टुङ्यग्याउने पक्षमा छ, प्रवक्ता शर्माले भने, ‘निर्वाचन आयुक्तहरूले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकल्न सक्छ ।’
टोलीमा सहजकर्ताका रुपमा सहभागी भएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको बताए ।
सो टोलीले जिल्लाका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीस“गसमेत रायसुझाव लिएको थियो ।
आइतबार राति ११.४४ बजेको समयमा मतगणना हदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले (माओवादी केन्द्र)का दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको दावी नेकपा एमालेको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ ।
भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहेका थिए ।
्