FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीद्धारा दोस्रो चरणको निर्वाचन तोकिएको मितिमा हुने स्पष्ट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


काठमाडौँ –स्थानीय तहको दोस्रो चरणको निर्वाचन राष्ट्रिय जनता पार्टीले भाग नलिने भनिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित मितिमा नै चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान सकिँदैन थियो भन्दै देशको आवश्यकता र संविधान कार्यान्वयनका लागि आफूले यस्तो कदम चालेको बताए ।
सरकार र नीति तथा कार्यक्रम कामचलाउ सरकारको भन पछि प्रधानमन्त्री दाहालले भने, ‘यो नीति कामचलाउ होइन र छलफल पनि काम चलाउ होइन, अझ परिमार्जन गर्न छलफल हो । यो सरकार बहुमत गुमाएको वा अविश्वास दर्ता भएको होइन न त जनताको विरोध भएर राजीनामा गरी कामचलाउ भएको हो । सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन गरिएको महत्वपूर्ण कदम हो ।’
उनले भने, ‘मेरो जोड स्थानीयपछि प्रदेश र संघको निर्वाचनसमेत सम्पन्न गरी सङ्क्रमणकाल अन्त्य गर्नेमा छ ।’भारतसँगको छलफलपछि हुलाकी राजमार्गको करिब ८०० किमी सडक जोडतोडका साथ निर्माण अघि बढेको जानकारी गराउँदै उनले चीनसँगका सम्झौता पनि अघि बढेका छन् भने ।
प्रतिपक्षीलाई आफूले सदैव विश्वासमा लिने क्रमलाई निरन्तरता दिँदै आएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले भने, ‘म निरन्तर प्रतिपक्षीलगायतसँग संवादमा छु ।’ सरकारले थालेको महत्वपूर्ण अभियानअन्तर्गत विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिदर बढेको उल्लेख गरे।
परराष्ट्र नीति आवेगबाट होइन विवेकबाट हुनुपर्छ भन्ने कुरा आफूले व्यवहारमा कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा छुटेका केही विषयलाई बजेटले समेट्ने आश्वासन पनि दिए ।

नयाँ रेकर्डको साथ महानगरमा विद्यासुन्दर
काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले नयाँ रेकर्ड बनाउने पक्का भएको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार, शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि छन् । काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाँकी रहँदा एमाले उम्मेदवार शाक्य विजयी भईसकेका छन् । तर पनि गणना भईरहेका छन् ।
तेस्रो स्थानमा पछ्याइरहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १७ हजार ४७३ मत पुर्याएका छन् भने माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले ७३३५ मत पाएका छन् ।
१ लाख ८६ हजार ८३२ मत गनिसक्दा एमालेका शाक्यले ६१ हजार ४२८ मत पाएका छन् भने कांग्रेसका जोशीले ४३ हजार ४६१ मत पाएका छन् । शाक्यले अहिलेसम्मकै रेकर्ड तोड्दै आफ्नो वडाबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेका छन् । शाक्यको २१ नम्बर वडाबाट कुल ३८ सय मत मध्ये उनले ३२ सय ८७ मत प्राप्त गरेका छन् । यो कुल मतको करीव ८७ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा उनले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी छन् ।

खड्गीले ५५ हजार ८४५ मत प्राप्त गरेकी छन् भने राजारामले ३३ हजार ९९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १० हजार ९४५ मत पाएकी छन् भने माओवादी उम्मेदवार सुशीला पौडेलको ९६७२ मत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित