FLASH NEWS
  • Loading...

काठमाडौंको मेयरमा विद्या सुन्दर, अब महानगरको सपना साकार गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले भारी मतान्तरले विजय हासिल गरेका छन् ।
महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन

। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन् ।
यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याइन् तेस्रो भएकी छिन् । साझा पार्टीका किशोर थापाले १८ हजार ६ सय ९६ मत ल्याए ।
यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन् । उनले ५८ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकट्तम प्रतिस्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ९ सय ५४ मत ल्याएका थिए ।

राजनीतिकमा विद्यासुन्दर
नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य काठमाडौंकै लगनटोलमा जन्मिएका हुन् । वि.स. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरे । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य २०४६ देखि सक्रिय राजनीतिमा लागेका हुन् ।

उनी २०४३ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारका रुपमा वडाध्यक्ष निर्वाचित भए । २६ वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधिको भूमिकामा उपस्थित भएका शाक्यले त्यसयता लगातार २०४९ र २०५४ को स्थानीय चुनावमा पनि २१ नम्बर वडाबाट वडाध्यक्ष जिते । जुन वडाबाट यसपटक उनलाई मेयर बनाउन खसेको कुल मतको दुई तिहाई भन्दा बढि मत प्राप्त भयो ।

कहिल्यै हार्नु परेन् विद्यासुन्दरले

उनको जीवनको संयोग नै हो कि अहिलेसम्म उनी जुन चुनावमा उम्मेदवार बने, सबैमा जितेको छन् । चाहे पार्टी भित्रको होस वा बाहिरको । यो पटक उनले टिकट पाउँदा पार्टीभित्र मेयरको दावी गरिरहेका अरु आकांक्षीले सहजै उनलाई स्वीकार गरेर चुनाव प्रचारमा हिड्न तयार भएका थिए । तीन पटक वडाध्यक्ष भए बाहेक उनी पार्टीभित्र तल्लो तहदेखि नै उठेका नेता हुन् । युवा संघको राजनीतिबाट अघि बढेका शाक्य एमालेको नगर कमिटी हुँदै जिल्ला कमिटी सचिव छन् अहिले । उनको विशेषता के हो भने संगठनमा भित्री काम गर्छन् र भित्री नेवारी वस्तीका गुठीहरुमा पकड राख्छन् । जुन गुठीबाट कसलाई भोट दिने भन्ने सामुहिक निर्णय हुन्छ र भयो पनि ।

विद्याको महानगर स्मार्ट सिटी बनाउने
नननिर्वाचित मेयर शाक्य सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले उम्मेदवार बनेको र अब काम गरेर प्रतिबद्धता पूरा गर्ने बताउँछन् । आफ्नो कार्यकालमा भनिने होइन, देखिने महानगर बनाउने उनको प्रतिवद्धता छ ।
उनले भने,‘अब काठमाडौंको परम्परागत नेवाः संस्कृति र पहिचान जोगाउँदै सम्पूर्ण देशबासीले गर्व गर्न सक्ने वृहत्तर शहर बनाउनु छ । जसमा बाहिर र भित्रको मानसिक विभाजन अन्त्य होस् ।’
महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न उनले केबललकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना भोट माग्ने बेला मतदातालाई सुनाएका थिए ।
आफूले जितेमा ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने योजना सुनाएका शाक्य अब के सोच्दैछन् ? उनले भने, ‘मैले काम गर्नका लागिनै ल्याएका योजना हुन् । ती सबै पूरा हुन्छन् । मेट्रो रेल र मोनो रेल मेरोमात्र होइन अरु उम्मेदवारका घोषणापत्रमा पनि छन् । अब जित्ने हार्ने सबैका योजना भएकाले सबै मिलेर काम गर्ने हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित