FLASH NEWS
  • Loading...

काठमाडौंमा अझै १८ वडामा मतगणना बाँकी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

काठमाडाँै, १० जेठ । काठमाडाँै महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गर्नुभएको छ । यो जम्मा एक लाख २४ हजार ४५७ मत गणना हुँदाको परिणाम हो ।

त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका किशोर थापाले ११ हजार ४८५ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार ४५६ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले सात हजार ८६ र साझा पार्टीका निरुपमा यादवले सात हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

महानगरमा ७० जनप्रतिनिधि चयन

गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनामा अहिलेसम्म काठमाडाँै महानगरपालिकाका १४ वडाको ७० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार अहिलेसम्म प्रमुख र उपप्रमुखसहित १६२ जनप्रतिनिधिमध्ये ७० मात्र निर्वाचित हुनुभएको छ ।

यही जेठ १ गतेदेखि भएको मतगणनामा वडा नं १, २, ३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको मतगणना सकिएको छ । परिणामअनुुसार सात÷सातवटा वडामा नेपाली काँग्रेस र नेकपा (एमाले)का जनप्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेसका ५, १९, २५, २६ २८, २९ र ३० तथा एमालेका १, २, ३, २२, २३, २४ र २७ वडामा विजय हुनुभएको छ । ३२ वटा वडा रहेको काठमाडौँमा अझै १८ वटा वडाका जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित