FLASH NEWS
  • Loading...

हावाहुरीबाट १९ विद्यालयमा रु ३६ लाखको क्षति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

बैतडी, ६ जेठ । हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ ।

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षति गरेको छ । सुदर्शन माविमा रु पाँच लाख ५० हजार र महादेव माविमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ ।

यस्तै कफलाशैनी मावि पुजारी गाउँ, पुजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर, गणेश मावि लेकम बस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ । कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोलालगायत विद्यालयको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको छाना नभएपछि पानी परेका बेला विद्यालय बन्द गर्नु परिरहेको विद्यालयले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकिएको छ । तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो । बैतडीका अन्य विद्यालयमा पनि हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित