FLASH NEWS
  • Loading...

आजबाट उम्मेदवार मौन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ अनुसार पहिलो चरण अन्र्तगत आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका सन्दर्भमा विहिबार राति १२ बजेपछि ‘मौन अवधि’ सुरु भएको छ ।
मौन अवधिले निर्वाचन हुनु भन्दा ४८ घन्टा अघि मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न सहयोग पु¥याउने हुनाले यस अवधिलाई महत्वपूर्ण रुपमा हेरिने गरिन्छ ।
यस अवधि सुरु भएपछि कुनै पनि राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार गन पाउ“दैनन् । आचार संहिता उल्लंघन भएको पाईएमा कारवाही हुने हुनाले यसलाई उम्मेदवारले इमान्दारीका साथ पालना गर्नुपर्ने हुन्छ । राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको हो ।
निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न पाईदैन् ।
मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलका पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाउने कानुनी व्यवस्था छ । स्थानीय तहको निर्वाचनमा खटिएका निर्वाचन अधिकृतले मौनावधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न नहुनेसम्बन्धी सूचना आफ्नो कार्यालयमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था छ । मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हुँदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ । स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हुँदैन ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन ।
मौन अवधि भनेको शान्त अवधि भएकोले यो अवधिमा उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने गर्दछ र मतदाताले कसलाई भोट दिने भनेर विचार गर्ने मौका पनि हुने हुनाले यस अवधिलाई संवेदनशिल अवधिको रुपमा हुर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित