- Loading...
काभ्रेपलाञ्चोकमा दुई हजार ४१५ जना उम्मेदवार
- गोल्डेन खबर
- ७ साल अघि
- ९४ पटक पढिएको
बनेपा, २१ वैशाख । काभ्रेपलाञ्चोकको विभिन्न नगरपालिका र गाउँपालिकामा कुल दुई हजार ४१५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराएकामध्ये तेमाल गाउँपालिका र धुलिखेल नगरपालिकाको पूर्ण विवरण नआएकाले उम्मेदवारी दिनेको सङ्ख्या अझै बढ्ने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।
जिल्लाको बनेपा नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ८०, महिला सदस्यमा ५७, दलित महिला सदस्यमा ४२ र अन्य सदस्यमा १२४ गरी कुल ३२० जनाको मनोनयन दर्ता भएको छ । पनौती नगरपालिकामा प्रमुखका लागि ११ जना, उपप्रमुखका लागि ६, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४४, दलित सदस्य ४० र अन्य सदस्य १०१ गरी कुल २६५ जनाले मनोनयन दर्ता गराएका छन् ।
पाँचखाल नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८, वडाध्यक्षका लागि ६३, महिला सदस्य ४६, दलित महिला ४२ र अन्य ८४ गरी कुल २५२ जनाले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिकामा प्रमुखका लागि सात, उपप्रमुखका लागि ६ जनाले मनोनयन दर्ता गरेको मात्रै जानकारी आएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
मण्डनदेउपुर नगरपालिकामा प्रमुखका लागि १०, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५२, महिला सदस्य ४२, दलित महिला सदस्य ३५, अन्य ८६ जना गरी कुल २३१ जनाले मनोनयन दर्ता गराएका छन् । नमोबुद्ध नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ६, वडाध्यक्ष ५५, महिला सदस्य ४१, दलित महिला सदस्य ३८, अन्य ८७ गरी कुल २३६ जनाले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, खानीखोला गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, वडाध्यक्षमा ३४, महिला सदस्य २३, दलित महिला सदस्य १५, अन्य ५१ गरी कुल १३७ जनाले मनोनयन दर्ता गराएका छन् । बेथानचोक गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा १९, महिला सदस्य १९, दलित महिला सदस्य १८, अन्य ३९ गरी कुल १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
भुम्लु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा चार, वडाध्यक्षमा ४३, महिला सदस्य ३१, दलित महिला सदस्य ३१, अन्य ६५ गरी कुल १८१ जनाले मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा अध्यक्षका लागि ६, उपाध्यक्षका लागि ६, वडाध्यक्षका लागि ५६, महिला सदस्य ५१, दलित महिला ४१, अन्य १०२ गरी कुल २६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चौरी देउराली गाउँपालिकामा अध्यक्षमा पाँच, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा ४२, महिला सदस्य ३०, दलित महिला २७, अन्य ६४ गरी कुल १७५ जनाले मनोनयन दर्ता गराएका छन् ।
महाभारत गाउँपालिकामा पनि अध्यक्षमा ६ र उपाध्यक्षमा चारको मनोनयन भएको बाहेक विस्तृत विवरण आएको छैन । त्यस्तै तेमाल गाउँपालिकाको पनि कुनै विवरण आएको छैन । निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले मनोनयनको विवरण आउने क्रम जारी रहेको बताउनुभयो । जिल्लामा विभिन्न पदमा ७३३ जना निर्वाचित हुनेछन् । छ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा दुई लाख ३० हजार ८४९ मतदाता रहेका छन् ।