- Loading...
माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय
- गोल्डेन खबर
- ७ साल अघि
- १०३ पटक पढिएको
काठमाडौँ, १७ वैशाख । नेकपा (माओवादी केन्द्र) ललितपुरले आज ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ ।
माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ । माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ ।
यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार हुनुहुन्छ । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिनुभएको छ । कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ ।
ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।
परिवार दलबाट उमेदवार घोषणा
स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तर्फबाट चार महानगरपालिका र १३ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
सो पार्टीका अनुसार महानगरपालिकातर्फ काठमाडाँैको प्रमुखमा लक्ष्मीप्रसाद भण्डारी र उपप्रमुखमा श्रीमती पुनम डङ्गोल, ललितपुरको प्रमुखमा प्रदीपसिंह थापा र उपप्रमुखमा श्रीमती सरस्वती चित्रकार, भरतपुरको प्रमुखमा राजेन्द्रप्रसाद अर्याल र उपप्रमुखमा गायत्री सुवेदी र पोखरा लेखनाथको प्रमुखमा कल्पना बराल र उपप्रमुखमा गणेश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यसैगरी उपमहानगरपालिकातर्फ विराटनगरको प्रमुखमा तीर्थराज घिमिरे र उपप्रमुखमा लक्ष्मी राई, धरानको प्रमुखमा सङ्गीता लावती र उपप्रमुखमा रामबहादुर लिम्बू, इटहरीको प्रमुखमा सीतादेवी ढकाल र उपप्रमुखमा अशोक चौधरी, जनकपुरको प्रमुखमा पवन शाह र उपप्रमुखमा सीतादेवी झा, वीरगन्जको प्रमुखमा दिनेशकुमार अमात्य र उपप्रमुखमा तारादेवी कुर्मीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी कलैयाको प्रमुखमा विनेश चौधरी र उपप्रमुखमा रञ्जु देवी, जितपुर सिमराको प्रमुखमा सिन्दा ठाकुर र उपप्रमुखमा रविता अधिकारी, हेटाँैडाको प्रमुखमा सानु मोक्तान र उपप्रमुखमा मायादेवी ढकाल, नेपालगन्जको प्रमुखमा गयाप्रसाद कुमाल र उपप्रमुखमा लक्ष्मी बस्नेत, बुटवलको प्रमुखमा चन्द्रसेन यादव र उपप्रमुखमा ज्ञानु गुरुङ, घोराहीको प्रमुखमा शालिकराम चौधरी र उपप्रमुखमा मायावती चौधरी, तुल्सीपुरको प्रमुखमा विष्णु पाण्डे र उपप्रमुखमा चमेली विक, धनगढीको प्रमुखमा खडकसिंह नागरी र उपप्रमुखमा निर्मला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको सो पार्टीका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो ।
नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गरिने र अन्य पार्टीसँग चुनावी तालमेल हुँदा माथि उल्लिखित केही नाममा फेरबदल हुनसक्ने अध्यक्ष ढकालले बताउनुभयो ।