- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
चिनी मिलमा उखु अभाव
- गोल्डेन खबर
- ७ साल अघि
- १५८ पटक पढिएको

सिरहा, १६ वैशाख । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ ।
आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ । जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले गत २०७३ मङ्सिर २० देखि चिनी उत्पादन गर्न थालेको छ । दैनिक २५ लाख मेट्रिक टन उखु चाहिए पनि अहिले दैनिक पाँच लाख मेट्रिक टन उखु मात्र आपूर्ति हुने गरेकाले उद्योग सञ्चालनमा समस्या भइरहेको चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो ।
मागअनुसारको उखु उपलब्ध नहँुदा दैनिक मिल सञ्चालनमा समस्या हुनाको साथै लक्ष्यअनुसार चिनी उत्पादनसमेत घटेको प्रबन्धक यादवको कथन छ । “चाहिए जतिको उखु नपाउँदा उद्योग समस्यामा परेको छ”, उहाँले भन्नुभयो– “उखुको आभावका कारण हप्तामा दुई तीन मात्र उद्योग सञ्चालन गर्ने गरेका छौँ ।”
देशभरिका १३ चिनी मिलमध्ये सो चिनी मिलमा मात्र गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जिकिर गरेको छ । दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको उक्त मिलले हालसम्ममा ४७ हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएकोे मिल व्यवस्थापनले जनाएको छ ।