FLASH NEWS
  • Loading...

काठमाडौँबाट ७२१ जना जनप्रतिनिधि निर्वाचित हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ३१ चैत । स्थानीय तहको निर्वाचनमा काठमाडाँै जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् ।

काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एक÷एकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् । मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एक÷एक जना महिला र दलित महिला निर्वाचित हुने छन् ।

उहाँका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडाँै महानगरमा ३२ वडा रहेका छन् ।

यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२÷५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७÷४७ जना प्रतिनिधि चयन हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित