FLASH NEWS
- स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ? |
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लाग्ने भन्सार बढाएर १४५ प्रतिशत पुर्यायो |
- रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै सर्वोच्चमा रिट |
- Government and Private Sector Must Work Together for National Prosperity: PM Oli |
- अमेरिकी डलर र युरोको भाउ बढ्दा घट्यो अस्ट्रेलियन डलरको मूल्य,हेरौ अन्य मुद्राको दर |
संविधान संशोधनबिना चुनाव असम्भव : अध्यक्ष यादव
- गोल्डेन खबर
- ८ साल अघि
- १५७ पटक पढिएको

इनरुवा, २३ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनबिना चुनाव सम्भव नरहेको बताउनुभएको छ ।
सुनसरीको भोक्राहा गाउँपालिकाअन्तर्गत नरसिंहमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिलेको आवश्यकता संविधान संशोधन र त्यसपछि प्रान्तीय चुनाब गरेर स्थानीय तहको चुनाव गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संविधानको कार्यान्वयन गर्नेबाटै संविधान उल्लङ्घन भएको टिप्पणी गर्दै उहाँले मुलुकको निकास र विकासका लागि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तथा स्थानीय तह निर्धारण गर्नुपर्ने, संविधानको धारा २७४ खारेज गर्नुपर्ने, चुनावको लागि सीमाङ्कनसहितको संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस