FLASH NEWS
  • Loading...

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail

पाल्पा, १७ चैत । विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको छ । प्रत्येक महिनाको रु चार लाख महसुल बढिरहेको प्राधिकरणका सहलेखापाल फशुराम पाण्डेयले बताउनुभयो ।

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युत्को महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको छ । उहाँले स्थानीय तहको निर्वाचनपछि विद्युत् महसुलको समस्या हल हुने बताउनुभयो ।

तानसेनको भगवतीटोलमा दिउँसोको बेला सडकमा बत्ती बलिरहे पनि स्थानीय, नगरपालिका र विद्युत् प्राधिकरण कर्मचारीको बेवास्ताका कारण विद्युत् अनुत्पादक क्षेत्रमा खर्च हुँदै गएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित