FLASH NEWS
  • Loading...

निर्वाचन बहिष्कार गर्दैनाँै–त्रिपाठी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

नेपालगन्ज, १५ चैत । तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन नगरी निर्वाचन गरिए संयुक्त मधेसी मोर्चाले निर्वाचन बहिष्कार नगरी शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभएको छ ।

अवधि पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मोर्चाको बटम लाइन संविधान संशोधनपछि निर्वाचन भएकाले त्यस विपरीत कुनै पनि सर्तमा सहमति हुन सक्दैन ।”

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काठमाडौँले तराई–मधेसको मनोविज्ञान नबुझेका कारण नै मुलुकको राजनीति जटिलतातर्पm उन्मुख हुँदै गएको विचार व्यक्त गर्नुभयो । सरकार र मोर्चाबीचको वार्ताको औचित्य करिब करिब समाप्त भइसकेको विचार पनि उहाँले व्यक्त गर्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित