- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
केन्द्रमा बढीमा सोह्र मन्त्रालय हुने
- गोल्डेन खबर
- ७ साल अघि
- १४० पटक पढिएको

काठमाडाँै, १५ चैत । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्याैदा प्रतिवेदन तयार पारेको छ ।
सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराउनुभयो ।
‘‘प्रारम्भिक छलफलमा हामीले बढीमा १६ मन्त्रालय बनाउन समितिलाई सिफारिस गर्ने तयारीमा रहेका छौ’’ उहाँले भन्नुभयो–‘‘एकरुपता र समकालीन काम भएका मन्त्रालयलाई एउटै बनाउन थालिएको छ ।’’
मन्त्रालयका सहायक प्रवक्ता समेत रहनुभएका ज्ञवालीले मन्त्रालयको सङ्ख्या कति रहने टुङ्गो लागेपछि मात्र यसको नामकरण गर्ने जानकारी गराउनुभयो ।
सङ्घीय संरचनमा केन्द्रीय सरकारको ७७४ काम हुने व्यवस्था गरिएको छ । सरकारले फागुन १९ गते मन्त्रालयका सचिव सापकोटाको संयोजकत्वमा मन्त्रालय केन्द्र, प्रदेश र स्थानीय तहमा कति सङ्ख्यामा रहनेछन् भनेर प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।
मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले समितिले केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या एकिन गरेपछि प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्ने जानकारी गराउनुभयो ।
उपसमितिले तयार पारेको मस्यौदालाई अध्ययन गरेर समितिले सरकारलाई प्रतिवेदन बुझाउने उहाँले जानकारी गराउनुभयो । अहिले ३१ वटा मन्त्रालय रहेका छन् । रासस