FLASH NEWS
  • Loading...

श्रेणीविहीन पदमा स्नातकोत्तर उत्तीर्णको आवेदन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेपालमा आफ्नो शैक्षिक योग्यता अनुसारको काम नपाउदाँ युवाहरु विदेशिन बाध्य भएको विगतले देखाएको छ । शिक्षित बेरोजगारको संख्या बढेपछि शिक्षित व्यक्ति आफ्नो योग्यता भन्दा पनि तल्लो श्रेणिको काम गर्न पनि वाध्य भएको देखिएको छ ।
नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिने धेरै व्यक्तिहरु यस्तै शैक्षिक योग्यता भएका व्यक्तिहरु रहेका छन् ।
नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनका लागी लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा यस्ता व्यक्तिहरु थुपै र रहेका छन् । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका थुपै र आवेदन दिन आयोग आइपुगेका छन् ।
काठमाडौंमा रहेको आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि आवेदन माग गरिएकोमा स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आइपुगेका हुन् ।
स्नातकोत्तर तह उत्तीर्ण गुल्मी बल्लेटक्सारका निर्मल भण्डारी वनरक्षक र गेम स्काउटका लागि फाराम भर्न आएको बताए । निजामती सेवामा प्रवेश गर्न मात्र भए पनि आफूले आवेदन दिएको उनले जानकारी दिए । निजामतीमा प्रवेश गर्ने उमेर नाघ्न थालेकाले वनरक्षक र गेम स्काउटमा जागिर खान आवेदन दिएको उनले बताए । उनले अहिले श्रेणीविहीनमा जागिर खाएपछि माथिल्लो तहमा उमेरले छेकवार नहुने हुनाले प्रवेशको लागी मात्र भएपनि आवेदन दिएको उनले बताए । विगत दुई वर्षदेखि आयोगको परीक्षा दिँदै आएका भण्डारी यसअघि शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षासमेत दिइसकेका छन् । ‘मैले शाखा अधिकृतको प्रथम चरणको परीक्षा पास गरेको छु । दोस्रो, तेस्रो र चौथो परीक्षा अझै बाँकी छ,’ उनले भने, ‘ती अन्य परीक्षा पास हुने सुनिश्चित छैन । त्यसैले अहिले कम्तीमा श्रेणीविहीनमार्फत निजामतीमा प्रवेश गर्ने रहर छ ।’
आयोगकै परिसरका अछाम घर भएका अंग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका कल्याण बजगार्इं पनि वनरक्षक र गेम स्काउटका लागि आवेदन दिन पुगेका थिए । बजगाईं पनि निजामती सेवामा आफ्नो स्थान सुरक्षित गर्न श्रेणीविहीन पदमा आवेदन दिन आएको बताउँछन् ।
‘कक्षा ८ उत्तीर्ण भए मात्र पुग्ने पदमा नाम निकालेर सजिलै निजामती सेवामा प्रवेश हुन्छ भन्ने आशमा आवदेन दिन आएको उनी बताउँछन्, ‘मेरो सानैदेखि निजामती सेवामा प्रवेश गर्ने रहर थियो ।’ बजगाईंले पनि यसअघि विद्यालय निरीक्षक, शाखा अधिकृत, नायब सुब्बा र खरिदारजस्ता पदमा आवेदन दिइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित