FLASH NEWS
  • Loading...

पूर्व सांसद ढुंगेलको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद रामहरि ढुंगेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।
पूर्व सांसद ढुंगेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खालेका थिए ।
पूर्व कृषि सहायकमन्त्री ५८ वर्षीय ढुंगेल अविवाहित थिए । डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका थिए । उनी २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । विसं २०१३ सालमा रामेछापको तत्कालिन पकरवास गाविसमा जन्मिएका ढुंगेलले पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको संघर्ष तथा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उनले कयौँ पटक जेलजीवन समेत व्यतित गरेका थिए
नेपाली कांग्रेस पूर्वसभापति एवं पूर्व कृषि सहायक मन्त्री ढुंगलेको निधनप्रति नेपाली दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपालमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुंगेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको अवस्थामा उहाँको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ,’ पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित