- Loading...
सिंहदरबारको दिसापिसाबबाट पिउन योग्य पानी निकालिने
- गोल्डेन खबर
- ७ साल अघि
- १४० पटक पढिएको
काठमाडौं—मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहरलाई सिंहदरबारभित्रै व्यवस्थापन गर्ने भएको छ । सो क्षेत्रबाट निस्कने सो झोलपदार्थलाई त्यही भित्र प्रसोधन गरी पुन खान नै मिल्ने पानी उत्पादन गर्ने लक्ष्य लिईएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात ध“ुदालगायतका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गरी फोहोरलाई व्यवस्थापन गर्ने जमर्को गरेको हो । यसलाई मन्त्रालयले आफ्नो महत्वकांक्षी प्रस्तावको रुपमा अगाडि सारेको छ । विश्वका कतिपय ठुला प्रशासनिक निकायहरुमा यस्तो व्यवस्था गरिएको छ । जसको कारण फोहोर व्यवस्थापन पनि सजिलो हुन्छ भने यसले प्रशासनमा सहयोग पुग्ने भएकोले यस्तो योजना ल्याईएको हो ।
मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको बताए ।
उनका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए । बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोगमा सिंहदरबार भित्र सो प्रविधी जडान गरी फोहोर पानीलाई प्रशोधन गरी पिउन लायक बनाउने लक्ष्य लिईएको छ । यसो भएमा अरु यस्ता ठुला क्षेत्र अथवा अद्योगिक क्षेत्रमा विस्तारै यस्ता योजना व्यवस्थापन गर्न सकिने भएको छ ।
सचिव उपाध्यायले सो उपकरणको २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिए ।सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् ।
हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छ्रैन । हाल झोलजन्य पदार्थ ढल मार्फत व्यवस्थापन हुँदै आएको छ । यसलाई व्यवस्थापन गर्न सकेमा हरु क्षेत्रमा पनि सुधार हुने अपेक्षा लिईएको छ ।