FLASH NEWS
  • Loading...

सीमांकनको विषय चुनावसंग सरोकार राख्दैन –उपप्रधानमन्त्री थापा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२२ पटक पढिएको
Post Thumbnail


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधनको बारेमा पार्टीको पूर्ववर्ती अडान नै कायम रहेको जनाएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उनले संविधान संशोधनलाई इगित गर्दै भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई भने सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने विचार व्यक्त गरेका छन् । उनले भने, ‘भाषा र प्रतिनिधित्वको विषयमा सामान्य परिमार्जन गर्न सकिन्छ ।’
उनले सिमांकनको विषय आपसी समझदारीमा हुने भएकोले यस विषयलाई चुनावबाट टाढा राख्नुपर्ने विचार राख्दै उनले भने, ‘सीमांकनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।’
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले निवार्चनको महत्व दर्शाउदै भने, ‘संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो’ उनले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएकाले यसवाट कोहि पनि टाढा रहनु नहुने र यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार भएको उनले जानकारी गराए । उनले मुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसंग आग्रह समेत गरे ।
अध्यक्ष थापाले स्थानीय चुनावका लागि स्थानीय तहमा आवश्यक वातावरण तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै त्यसका लागि काठमाडौं छाडेर सम्बन्धित जिल्लामा चाँडो गई निर्वाचनको वातावरण तयार गर्नै केन्द्रीय नेतालाई आग्रहसमेत गरे ।
उनले प्रधानमन्त्रीसँग बुधबार भएको भेट तथा छलफलकाबारेमा राप्रपाका ७५ वटै जिल्लाका केन्द्रीय नेतालाई जानकारी गराएका थिए । उनले सरकारले चुनाव गर्ने अठोट लिएका कारण जसरी पनि चुनाव गराउने भन्दै नेता निर्वाचनको लागी तयार भई आफ्नो जिल्लमा गई निर्वाचनको वातारण तयार गर्न ७५ वटैजिल्लाका नेतालाई सुझाव दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित