FLASH NEWS
  • Loading...

पुनर्वास क्षेत्र तनावग्रस्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर, २७ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच बिहीबारदेखि सुरु भएको दोहोरो झडप आज पनि बिहानैदेखि जारी छ ।

नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले स्थानीयवासीलाई बिहानैदेखि निगरानीमा राखिरहेको भए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

त्यसैगरी, भारततर्फ खटिएको सीमा सुरक्षा बल एसएसबीले स्थिति नियन्त्रणमा लिन बिहानदेखि अहिलेसम्म ५० राउन्डभन्दा बढी अश्रुग्यास सेल प्रहार गरिसकेको छ ।

बिहीबार नेपाली भूमिमा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काइदिएपछि विवाद सुरु भएको थियो ।

सो क्रममा भारतीय एसएसबीले गोली चलाउँदा पुनर्वास नगरपालिका वडा नं ८ का गोविन्द गौतमको मृत्यु भएको थियो ।

सो घटनालाई लिएर आज बिहानैदेखि कारगिल डाँडामा पाँच हजारभन्दा बढी नेपाली भारतविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

दुईपक्षबीच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुवैतर्फ ठूलो सङ्ख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित