- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
धुलिखेल सेवा भवन शिलान्यास
- गोल्डेन खबर
- ८ साल अघि
- १५२ पटक पढिएको

इटहरी, २७ फागुन । सुनसरीको इटहरीमा बसोवास गर्दै आएका धुलिखेलका नेवार समुदायको संस्था धुलिखेल सेवा समाजले आफ्नो समुदायको जातीय विकास गर्ने उद्देश्यले निर्माण गर्न लागेको धुलिखेल सेवा भवनको विहिबार नेवार विधिपूर्वक शिलान्यास गरिएको छ ।
इटहरी उपमहानगरपालिका–४ को सयपत्री टोल मार्गमा करिव ९० लाख रुपियाँमा खरिद गरिएको पन्ध्र धुर जमिनमा पहिलो चरणमा ७० लाख रुपियाँको लागतमा दुईतले भवन निर्माण गरिने भवन निर्माण समितिका संयोजक काजीलाल श्रेष्ठले जानकारी दिनुभयो ।
धुलिखेल सेवा समाजमा आबद्ध नेवार समुदायको सक्रियतामा पहिलो चरणमा कार्यालय भवनसँगै विभिन्न समाजिक कार्यक्रम गरिने सभाहल तथा दोस्रो चरणमा अरू थप तीनतले भवन निर्माण गर्ने योजना रहेको पनि संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ ।
धुलिखेल सेवा समाजको उक्त भवन देवाजु जितबहादुर श्रेष्ठले नेवार विधिपूर्वक पूजापाठ गरेपछि धुलिखेल सेवा समाज काठमाडौँका अध्यक्ष देवमन्दिल खोजु श्रेष्ठले शिलान्यास गर्नुभयो ।रासस
सो अवसरमा उहाँले लक्ष्य मुताबिक चाँडै नै धुलिखेल सेवा भवन निर्माण सम्पन्न होस् भन्ने कामनासमेत गर्नुभएको छ । धुलिखेल सेवा समाजका अध्यक्ष प्रवीण श्रेष्ठको अध्यक्षतामा भएको सेवा भवन शिलान्यास समारोहमा धुलिखेल सेवा समाजका विभिन्न व्यक्तित्व तथा नेवार समुदायका अग्रजले पनि सेवा भवन चाँडो निर्माण होस् भन्ने शुभकामना दिनुभएको छ ।